NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप

nepaltube

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियानले निरन्तरता पाइरहेको छ । खोप अभियान अन्तर्गत सरकारले आगामी फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने निर्णय गरेको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भन्नुभयो ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं । कोभ्याक्समार्फत पनि आउँदैछ । त्यसैले खोपको अभाव हुन्न ।’ मन्त्रालयले यसअघि ५५ वर्षमाथिकालाई खोप दिने योजनासहित आन्तरिक तयारी गरेको थियो ।

खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको भन्दै प्रवक्ता गौतले छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका नागरिकले खोप लगाउन पाउने बताउनुभयो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार