NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

कलेजो सुन्निने समस्याको यसरी गरौँ घरेलु उपचार

nepaltube

काठमाडौं । खानपान तथा हावापानीलाई सहि तरिकाले व्यवस्थापन गर्न नसक्दा तपाई हामीले विभिन्न रोगको सामना गर्दै आएका छौँ । विशेषगरि स्वस्थ रहन मुटु र कलेजोको भुमिका महत्वपूर्ण रहन्छ । आज हामी कलेजो सुन्निने समस्याको निदान घरेलु उपचारबाट कसरी गर्न सकिन्छ भन्ने बारे केही टिप्स दिदैछौँ ।

—हर्रोलाई पिसेर धुलो बनाउनुहोस्, उक्त धुलोलाई गुडमा मिलाई दिनको २ पटक खानाले कलेजो सुन्निएको निको हुन्छ ।

—कालो मरिच, सौफ, मिश्रीलाई बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् उक्त धुलोलाई २ चम्चा कागतीको रससँग खाना खानुभन्दा अगाडि खानाले कलेजो सुन्निन कम हुन्छ ।

—सुकेको अमलाको धुलो एक गिलास तातो पानीसँग खाली पेटमा खानाले कलेजोसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।

—पिसेको हलेदो २ चम्चा महमा मिलाई खानाले कलेजो सुन्निन कम हुन्छ ।

—मेहेन्दीको पातलाई रातको समयमा माटोको भाँडोमा भिजाई छानेर बिहान बेलुका खानु लाभदायक हुन्छ ।

—सुहागमा मह मिलाई खानु कलेजो सुन्निन रोक्ने उत्तम उपाय हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार