NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

अब पीसीआर परिक्षण शुल्क बढी लिने प्रयोगशाला कारबाहीमा पर्ने

nepaltube

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ कोरोनाको पीसीआर परीक्षणका क्रममा शुल्क बढी लिने प्रयोगशालालाई कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारबाही गरिने जानकारी गराएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । सरकारले निर्धारण गरेको शुल्क अनुसार सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क दुई हजार मात्रै लिन पाउनेछन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार