NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

नेपाललाई कोरोना खोप सहयोग गर्ने अमेरिकी घोषणाले राजदूत बेरी उत्साहित

nepaltube

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राजदूत बेरीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड–१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपालमा पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने घोषणा गरिएको छ । नेपालको भागमा कति पर्छ भन्ने अझै टुगो लागेको छैन । तर अमेरिकाबाट खोप आउने भने निश्चित जस्तै भएको छ ।

यसलाई अमेरिकाले सुरुवात भनेको छ । अमेरिकाले नेपाललाई खोप दिने भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी  बेरी ट्वीटरमार्फत यस्तो भन्नुभएको छ ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार