NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

चीनसँग ४० लाख डोज खोप खरिद सम्झौता, असार २४ देखी नेपाल पुग्दै

nepaltube

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको भेरोसेल खोप खरिदको सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौताअनुसार असार २४ गतेबाट हरेक हप्ता खोप आपूर्ति हुने जानकारी दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोपार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति शुरु भए पश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ ।’ सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको जनाइएको छ । यद्यपि परिमाण र खरिद मूल्यबारे खुलाइएको छैन । चीनसँग मूल्य नखुलाउने सहमति भएअनुसार नै गोप्य राखिएको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने छ ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज जाने र भोलिपल्ट खोप नेपाल आइपुग्ने बताइएको छ । पहिलो उडानमा १० लाख डोज खोप ल्याउने गरी तयारी थालिएको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार