NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

विश्वभर ३ अर्व २५ करोड ८४ लाख डोज कोरोनाविरुद्धको खोप लगाइयो

nepaltube

एजेन्सी । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेको छ ।

चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइसक्दा भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइदा ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतले सात करोड ९९ लाख ७० हजार २ डोज, जर्मनीले सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् ।

फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज, इटालीले आफ्ना नागरिकलाई पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाएको छ । टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज र जापानले पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार