NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

जापानले गर्यो नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने घोषणा

nepaltube

काठमाडौं । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिन लागेको जानकारी दिएको हो ।

जापानले दिने प्रतिबद्धता जनाएको १५ लाख डोज खोप नेपाल ल्याउने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जापानबाट अस्ट्राजेनेका खोप आएमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले खोप पाउनेछन् । जापानले मंगलबार नेपालसहितका एसियाली मुलुकहरुलाई कोभ्याक्सबाट ११ मिलियन डोज दिने घोषणा गरेको थियो । सोही हिस्साबाट नेपालले १५ लाख डोज खोप प्राप्त गर्न लागेको हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार