NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

नेपालमा ६० लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

nepaltube

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउने नागरिकको सङ्ख्या ६० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यस्तै नेपालमा ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएको पाइएको छ ।

यता, नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार