NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु !

nepaltube

काठमाडौं,बुटवल । पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवा सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको छ।

शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकका आफन्तले स्विमिङ पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा घटना भएको आरोप लगाएपनि घटनाको सत्यतथ्य खोज्न अनुसन्धान भैरहेको रुपन्देही जिल्ला प्रहरी कार्यायलका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारि दिनुभयो ।

यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा–१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्यालको मृत्यु भएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार