NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पश्चिम नेपालमा भूकम्प, डोटीमा घर भत्किदा ६ जनाको मृत्यु

nepaltube

काठमाडौं,कैलाली । पश्चिम नेपालमा गएराती गएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । विहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको ठूलो भूकम्प जादा डोटीकै छ जनाको मृत्यु भएको हो।

यसपछि आएका पराकम्पका कारण पश्चिम नेपालका स्थानीय त्रसित बनेका छन् । पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा घर भत्किदा उक्त घटना भएको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । मृतक सबैजनाको शव निकालिएको छ । भूकम्पका कारण एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प जादा गैरागाउँमा करिब १० घर भत्किएको थियो । पटकपटक पराकम्प गएपछि स्थानीय चिसोमा खुला आकाशमुनि रात बिताउन बाध्य बनेका थिए

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार