Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुएन सिड कमिटिकी उम्मेदवार बनिन अधिकारकर्मी बन्दना राणा

युएन सिड कमिटिकी उम्मेदवार बनिन अधिकारकर्मी बन्दना राणा


काठमाडौं । महिला अधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशील बन्दना राणा युएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार बन्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले राणालाई नेपालको उम्मेदवारका रुपमा घोषणा गरेको हो । सिड कमिटीको निर्वाचित सदस्यको निर्वाचन सेप्टेम्बर पहिलो साताका लागि तय भएसँगै युएन सिड कमिटीमा उपाध्यक्षका रुपमा क्रियाशील राणाले यसपटक पनि प्रतिष्पर्धा गर्ने भएकी हुन् ।

कमिटीमा निर्वाचित सदस्यमध्येबाट क्षेत्रगत आधारमा पदाधिकारीको चयन हुने छ । सिड कमिटीमा १ सय ८९ राष्ट्र सदस्य छन् । १ सय ८९ मतबाट यसपटक ११ सदस्य चयन हुनेछन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील बन्दना राणाले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी छन् । २३ सदस्यीय सिड कमिटीमा ११ जना सदस्यका लागि सेप्टेम्बर पहिलो साता निर्वाचन हुँदै छ । सिड कमिटीको निर्वाचनमा विजयी भए राणाले २०२१ देखि २०२४ सम्म जिम्मेवारी सम्हाल्नेछिन् ।

राणा यस पटक दक्षिण एसियाको उक्त कमिटी निर्वाचनको एकमात्र उम्मेदवार हुन् भने सिड कमिटिमा चयन हुने पहिलो नेपाली सदस्य हुन् । मिडियाकर्मीका रुपमा काम सुरु गरेकी राणा पछिल्लो तीन दशकभन्दा लामो समयदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकि छिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ