NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बाढी पसेर तीन दिनदेखि अवरूद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

nepaltube

विराटनगर । तीन दिनदेखि अवरूद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।

दिउँसो मात्र मौसम अनुकूल उडान भर्न अनुमति दिएको तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुने जानकारी दिएको छ । मौसमी प्रतिकुलता जारी रहेको अहिलेको समयमा रात्रिकालीन उडान भने नहुने बताइएको छ । लगातारको वर्षासँगै आएको बाढी पहिरोले देशभर ठूलो जनधनको क्षती भएको समयमा यो विमानस्थल समेत तीनदिनअघि जलमग्न बनेको थियो ।

बाढीले पुर्र्याएको धावनमार्गको अवरोध हटेसँगै तीनदिनपछि मात्रै उडान सुचारु गर्ने अवस्था आएको छ । विराटनगरको उडान यति लामो समयसम्म प्रभावित भएको यो नै पहिलो पटक हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार