Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पहिलो घर किन्नेहरुलाई सघाउन, नेपालट्युबले सुरु गर्दै माइ फष्ट होम शो । यस्तो बन्यो प्रोमो

अष्ट्रेलियामा पहिलो घर किन्नेहरुलाई सघाउन, नेपालट्युबले सुरु गर्दै माइ फष्ट होम शो । यस्तो बन्यो प्रोमो


ब्रिजबेन/अष्ट्रेलियामा पिआर लिने बित्तिकै अधिकांश नेपालीले घर किन्ने सुरसार गर्छन् । लाखौ डलर पर्ने घर किन्दा बैंकबाट ऋण लिने अर्थात मोर्गेज गर्ने चलन छ । मोर्गेजमा घर किनेपछि साधारणतय ३० वर्षसम्म हरेक हप्ता किस्ता तिरिरहनुपर्दछ ।
जीवनभरको कमाई खर्चेर किनिने घर, ब्याजदर, नियमहरुका बारेमा भने नेपालीहरुसंग पर्याप्त जानकारी छैन । भर्खर पिआर भएको तथा घर किन्ने बारे पर्याप्त सुचना नहुदा नेपालीहरुले घर किन्दा समस्यामा परेका उदाहरण पनि छन् ।

त्यहि पृष्ठभूमीमा अष्ट्रेलियाका नेपालीलाई घर किन्ने बारे पर्याप्त जानकारी उपलब्ध गराउने उदेश्यले नेपालट्युबले नयाँ वर्षमा माइ फष्ट होम भन्ने कार्यक्रम प्रशारण गर्ने भएको छ । आज नेपाल ट्युबले शोले प्रोमो सार्वजनिक गरेको छ । नेपालट्युबले निमार्ण गर्न लागेको माइ फष्ट होमको पहिलो सिजनमा ६ वटा एपिशोड हुनेछन् । जसमा घर किन्ने सयम, ब्याजदर, बैंक, घर किन्ने उपयुक्त स्थान, घरका प्रकार, सरकारी अनुदान जस्ता विषयहरु समेटिने छन् ।

सबै कार्यक्रम हेरेपछि नेपालीहरुले घर किन्ने बारे पछिल्लो सबै जानकारी पाउने नेपालट्युबका सम्पादका तथा कार्यक्रमका प्रस्तोता सरल गुरुङले बताउनुभयो । कार्यक्रमको पहिलो सिजन निर्माणमा ब्रिजवेनको नाइस होम्स् रियल स्टेट र नाइस लोनले सघाएको समेत गुरुङले जानकारी दिनुभयो । कार्यक्रमको यतिबेला धमाधम सुटिङ भइरहेको छ । शोलाई ब्रिजवेनका अनुभवी क्यामेरापर्सन सुदिप विष्टले खिचिरहनु भएको छ । कार्यक्रम सुरुमा १५ दिनमा प्रशारण गरिने तयारी छ । शोलाई दर्शकले नेपालट्युबको विभिन्न प्लाटफर्ममा हेर्न सक्नुहुन्छ ।

यस्तो छ प्रोमो

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ