Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा गोली चल्दा ४ को मृत्यु । नेपाली सुरक्षित ।

अष्ट्रेलियामा गोली चल्दा ४ को मृत्यु । नेपाली सुरक्षित ।


नर्दन टेरिटोरी
अष्ट्रेलियाको डार्बिनको एक होटलमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको ज्यान गएको छ । केही मानिस घाईते भएका छन् ।

उत्तरी अष्ट्रेलियाको नर्थन टेरिटोरी राज्यमा मंगलबार साझ गोली चलेको हो । ४५ वर्षिय पुरुषले स्थानिय एक होटलबाट गोली चलाउन सुरु गरेको प्रहरीले जनाएको छ । त्यसपछि ती व्यक्तीले शहरको अन्य चार ठाउमा पनि झण्डै २० राउण्ड गोली चलाएका थिए ।
गोली चलाउन सुरु भएको झण्डै डेढ घण्टापछि ती व्यक्ती पक्राउ परेका थिए । प्रहरीको गोली लागि घाईते भएका अभियुक्तको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
पक्राउ अभियुक्त केही समय अघिमात्रै असल आचरणका कारण सजाय मिनाह भएर जेलबाट छुटेको प्रहरीलाई उधृत गर्दै स्थानिय संचारमाध्यमहरुले जनाएको छ ।
प्रहरीले यो घटना आतंककारी हमला नभएको स्पष्ट पारेको छ ।
वेलायत भ्रमणमा रहनु भएका अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घटनालाई अपराधिक गतिविधी भनेका छन् । संचारकर्मीसंग कुरा गर्दै मोरिसनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

यसैबिच डार्बिनमा नेपालीहरु सुरक्षित रहेको गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीले जनाएको छ ।
डार्बिनमा हाल ३ हजार नेपाली बसोबास गर्छन् । घटना भएको स्थान शहरी ईलाका भएको र त्यस क्षेत्रमा थुप्रै नेपाली काम गर्ने गर्छन् । नेपालट्युबसंग कुरा गर्दै एनआरएनएका नर्दन टेरिटोरी संयोजक हरि रिजालले नेपालीहरु गोली काण्डमा सुरक्षित रहेको पुष्टी गर्नुभएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ