Friday, 17 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsटी–२० विश्वकपमा सन्दीप सहभागि हुँदा तीनजना बलर ‘डेन्जर जोन’ मा !

टी–२० विश्वकपमा सन्दीप सहभागि हुँदा तीनजना बलर ‘डेन्जर जोन’ मा !


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै टी–२० विश्वकपमा सहभागी गराउने बारे पहल थालिएको छ । क्यानले गर्ने फिटनेस टेस्ट र आईसीसीको अनुमतिपश्चात् केही दिनमा अमेरिका उड्ने तयारीमा सन्दीप जुट्नुभएको हो ।

नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेकाले आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न आईसीसीबाट अनुमती लिनुपर्ने हुन्छ । सन्दीपलाई विश्वकप खेलाउन ठूलो प्राविधिक समस्या नभएको, सन्दीपको फिट्नेस बारेमा क्यानमा सल्लाह भैरहेको, आईसीसीसँग एप्रुभल लिइसकेपछि कोच र क्याप्टेनसँगको सल्लाहमा छनोट समितिले दुई दिनभित्रमा सबै कुरा टुंग्याउने नेपाल क्रिकेटर एशोसिएशन क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारि दिनुभयो । क्यानले फैसला आएकै दिन सन्दीपमाथीको निलम्बन फुकुवा गरिसकेको छ । यद्यपि, सन्दिपलाई सहभागि गराउन नेपालले अहिले घोषित टिमबाट एक जनालाई हटाउनुपर्ने हुन्छ । सन्दिपले सफाइ पाएसँगै तीनजना बलरहरू ‘डेन्जर जोन’ मा रहेको चर्चा चलिरहेको छ । धेरैले सागर ढकालको ठाउँमा सन्दीपलाई राखिने अड्कल गरिरहदा सागरलाई यावत राखेर एक जना फास्ट बलरलाई ब्याक गर्न सक्ने सम्भावना पनि बलियो छ । सागर सुरक्षित भएमा फास्टबलरमा प्रतिश जिसी र कमलसिंह ऐरीमध्ये एक जना बाहिरिनेछन ।

यता, क्यानले सन्दीपले प्रतिस्थापन गर्ने खेलाडीलाई अमेरिकामै राखिने छ । आईसीसीले एउटा देशका लागि २५ जनाको कोटा तोकिदिएको छ । अर्थात् २५ जनाको जाने आउने र विश्वकपभरि बस्ने खर्च आईसीसीले बेहोर्छ । नेपालले १५ सदस्यीय टिमबाहेक १० जना अफिसियलका रूपमा अमेरिका लगिसकेका कारण प्रतिस्थापन गरिने खेलाडी क्यानकै खर्चमा राखिनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ