Thursday, 25 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीपको पुनरावेदन मुद्दामा आजदेखी बहस सुरू, कहिले आउला फैसला ?

क्रिकेटर सन्दीपको पुनरावेदन मुद्दामा आजदेखी बहस सुरू, कहिले आउला फैसला ?


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा आजदेखी बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सन्दीपको जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध तायर गरेको पुनरावेदन रिटमा सुनवाइ थाल्नुभएको हो ।

सन्दीपको मुद्दालाई यसअघिको अदालती आदेसका कारण अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । उच्च अदालतका उपरजिष्ट्रार एवम् प्रवक्ता तीर्थराज भट्टराईले मुद्दामा न्यायाधीशले कुनै आदेश नदिएमा एक, दुई दिनमै फैसला आउन सक्नेगरि बहस सुरु भएको बताउनुभयो । बारम्बार पेसी तोकेर समेत सुनुवाई नभएको क्रिकेटर सन्दीपको मुद्धामाथी न्यायाधीशले हिम्मत गर्न नसकेको भन्दै बहस भैरहेको छ । अब सुरु भएको बहसले भने छिट्टै अदालबाट मुद्धाले छिनोफानो पाउने आशा गरिएको छ ।

बहसको सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने बताइएको छ । अग्राधिकार दिइएको मुद्धामा निरन्तर सुनुवाइ भएमा बिहिबारसम्म अन्तिम पैसला आउनसक्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ