Tuesday, 14 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसदको गतिरोध अन्त्य होला त ? प्रधानमन्त्रीसँग कांग्रेस नेताको यस्तो भयो छलफल !

संसदको गतिरोध अन्त्य होला त ? प्रधानमन्त्रीसँग कांग्रेस नेताको यस्तो भयो छलफल !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरेर नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्न लागेको विश्वास व्यक्त गर्नुभएको छ । बालुवाटारमा प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सोमबार बेलुकीसम्म सहमति जुटेर सहज वातावरण बन्ने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आगामी छलफलबाट सहमति निस्किने बताइरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समेत सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको दाबी गरेको छ । प्रधानमन्त्रीसंगको छलफलपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने अडान राखेको बताउनुभयो । प्रधानमन्त्री सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाउन सकारात्मक रहेको दाबी कांग्रेस नेताहरुको रहेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमवार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने जानकारि समेत दिनुभएको छ । सरकारले आफूहरुको माग सम्बोधन गरेर सहज वातावरण बनाएमात्रै राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, बजेट ल्याउन दिने अन्यता संसदको अवरोध जारी राख्ने निष्कर्षमा कांग्रेस पुगेको छ । शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिवेशन कांग्रेसको अवरोधका कारण जेठ १ गतेसम्म स्थगित भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ