Wednesday, 8 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalराष्ट्रियतालाई सास्तो नबनाउन रक्षामन्त्रीको आग्रह, प्रधान सेनापति भन्छन– ‘ देशमा ठूलो सुरक्षा चुनौती छैन!’

राष्ट्रियतालाई सास्तो नबनाउन रक्षामन्त्रीको आग्रह, प्रधान सेनापति भन्छन– ‘ देशमा ठूलो सुरक्षा चुनौती छैन!’


काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर नबनाउन सबैलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री उप्रतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएकाले सुध्रिण बनाउनुपर्ने बताउनुभएको हो ।

विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन उहाँले आग्रह गर्नुभयो । आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि प्रहार गर्ने भन्दा देशको सम्पदा, सम्भवनाको महत्व बुझेर सबल राष्ट्र निर्माणमा योगदान दिनुपर्ने मन्त्री उप्रतीले सुझाब दिनुभयो । प्राकृतिक स्रोत सम्पदाहरुले धनि भएर पनि नेपाल गरिव हुनु आठौँ आश्चर्य भएको उहाँको टिप्पणी थियो ।

यता, संसदीय समिति बैठकमा प्रधान सेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताउनुभएको छ । संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको र हरेक चुनौतीको सामना गर्नेगरि सेना तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरु हुने बाहेकका समस्यामा सेना सक्रिया हुन नपर्ने प्रधान सेनापति शर्माले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ