Saturday, 11 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दिपले किन गर्दैछन बारम्बार फसाइएको दाबी ? फेरि आयो नयाँ स्ट्याटस !

क्रिकेटर सन्दिपले किन गर्दैछन बारम्बार फसाइएको दाबी ? फेरि आयो नयाँ स्ट्याटस !


काठमाडौं । बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले पछिल्लो समय आफूलाई फसाइएको दाबी गर्दै निरन्तरजसो समाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाइरहेका छन् । पछिल्लो पटक मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै क्रिकेटर सन्दिपले घटना घटेको नभई कसैबाट घटाइएको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमा सन्दिपले लेखेका छन्,‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’ आफू दोषी प्रमाणित भए ८ वर्ष सजाय मात्रै नभई फाँसी नै चढाए हुने हुने उनको जिकिर छ । लामिछानेले पूर्वाग्रही दबाब र योजना आफुले मात्र नभई दुनियाँले बुझेको जिकिर गर्नुभएको छ ।

लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनले सामाजिक अभियन्ता र आफूमाथि खनिइरहेकाहरूप्रति समेत कटाक्ष गरेका छन् । यसअघि पनि गत बुधबार क्रिकेटर सन्दिपले दुईवटा स्ट्याटस राख्दै आफूलाई फसाईएको उक्त खेलमा संलग्न, भुमिका खेल्नेहरु एकएकलाई सार्वजनिक गरिदिने चेतावनी दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ