Thursday, 9 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज मातातीर्थ औँसी, यस्तो छ जन्मदिने आमालाई सम्मान र आदर गर्नुपर्ने कारण !

आज मातातीर्थ औँसी, यस्तो छ जन्मदिने आमालाई सम्मान र आदर गर्नुपर्ने कारण !


काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी समेत भन्ने गरिन्छ ।

यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा दिवंगत भएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर,हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । कतिपय दर्शनार्थीहरु मंगलबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका छन् । यसरी जाग्राम बसेकाहरुले बिहान सबेरै स्नान गरी पूजा गर्नेगर्दछन । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।

यसैबीच,दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो देखिएको छ । मातातिर्थको कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । मातातिर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा नै दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ