Monday, 13 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि लामिछानेका सीईओ हेमन्त बरालले दिए पदबाट राजीनामा, के होला कारण ?

रवि लामिछानेका सीईओ हेमन्त बरालले दिए पदबाट राजीनामा, के होला कारण ?


काठमाडौं । उपप्रधान एवंम गृहमन्त्री समेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेका सीईओ हेमन्त बरालले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनीधि सभा निर्वाचन क्षेत्र अन्तर्गत चितवन २ मा आफूलाई सहयोग गर्न गृहमन्त्री रविले नियुक्त गर्नुभएको सीईओ बरालले व्यक्तिगत कारण देखाएर राजीनामा दिनुभएको हो ।

गत वर्ष साउनमा रास्वपा सभापति लामिछानेले भ्याकेन्सी आह्वान गरेर सीईओको छनोट गर्नुभएको थियो । बरालसँग लामिछानेको एक वर्षको कार्यसम्पादन सम्झौता गरेकोमा आफूलाई दिइएको सबै जिम्मेवारी सम्पादन गरेर सम्झौताभन्दा तीन महिना अगाडि नै बिदा भएको बरालले बताउनुभएको छ । काठमाडौंको गठ्ठाघरमा घर भएका बरालले छोरीको पढाइका लागि आफू काठमाडौं फर्किनु परेकोले राजीनामा दिएको प्रष्टिकरण दिदै कतिपयले तलब नपाएर छोडेको भनेर लेखेको समाचारमा सत्यता नभएको बताउनुभयो । रास्वपा सभापति लामिछानेसँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै समस्या नआएको, असमझदारी नभएको बरालले जानकारि गराउनुभएको छ ।

रास्वपा सभापति रविले आफू विजयी भएको चितवन–२ मा सचिवालय स्थापना गरेर सीईओ नै नियुक्त गर्नुभएको थियो । मतदाताको माग तथा गुनासो सुन्ने र सम्बोधन गर्ने जिम्मेवारी प्रतिनिधिका रुपमा सीईओलाई दिइएकोमा अहिले यो जिम्मेवारी सचिवालय इन्चार्ज राजेन्द्र अर्यालले पाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ