Sunday, 12 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रपतिका आर्थिक सल्लाहकार डा.नेपालको राजीनामा स्वीकृत, यस्तो छ कारण !

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा.नेपालको राजीनामा स्वीकृत, यस्तो छ कारण !


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीकृत भएको छ । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिए लगत्तै राष्ट्रपति पौडेलले स्विकृत गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मीले भट्टराईले डा.नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो । गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी,लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । डा.नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिनुभएको थियो । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा.चिरञ्जीवी नेपालको अभिव्यक्तिको विरोध जनाउँदै संसदमा गम्भीर रुपमा उठाउने बताउनुभएको थियो । राष्ट्रीय सभामा समेत प्रश्न उठेको थियो ।

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारत असन्तुष्ट रहदैआएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ