Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नेपालीको सामुदायिक भवन बनाउन भोली सार्वजनिक छलफल, आकासको फल नहोस

ब्रिजवेनमा नेपालीको सामुदायिक भवन बनाउन भोली सार्वजनिक छलफल, आकासको फल नहोस


सरल गुरुङ/ ब्रिजवेनमा कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले भोली शनिवार सामुदायिक भवन निमार्ण सम्बन्धी समुदायसंग छलफल गर्ने भएको छ । साउथ ब्रिजवेनको स्प्रिङफिल्ड लेकस्थित भेदान्त सेन्टरमा दिउसो ३ बजेदेखि ६ बजेसम्म छलफलको आयोजना गरिएको सेन्टरका उपाध्यक्ष नारायण पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रममा ब्रिजवेन आसपासमा नेपाली सामुदायिक भवनको आवश्यकता, यसको उदेश्य, आर्थिक पाटो र बृहद योजना सम्बन्धी छलफल गरिने बताइएको छ ।  कार्यक्रममा उपस्थित भएर आफ्नो महत्वपुर्ण सल्लाह र सुझाव दिन पनि सेन्टरले आग्रह गरेको छ ।

कछुवाको चालमा हिडेर कहिले पुग्ने ?

कुइन्सल्याण्ड राज्यको राजधानी ब्रिजवेनमा नेपालीको सामुदायिक भवन बनाउने चर्चा चल्न थालेको सन् २००६ देखि हो । सन् २०१७ मा भने क्युएनसिसि नै गठन भएर भवनका लागि काम गरिरहेको छ । यस संस्थामा हालसम्म १ सय६४ सदस्य जोडिएका छन् । उनीहरुले दिएको सदस्यता शुल्क अनि स्वतस्फुर्त प्राप्तको भएको सहयोग रकमबाट सेन्टरको खातामा झण्डै २ लाख ९४ हजार डलर संकलन भएको उपाध्यक्ष पन्थीले जानकारी दिनुभयो । सेन्टरले केही समयदेखि भवनका लागि जग्गा खोजिरहेको छ । सन् २०१९ मा ब्रिजवेन आसपासका स्थानिय काउन्सिलहरुसंग जग्गा माग्ने कुरा चलेको थियो । तर, अहिले ती काउन्सिलहरुले जग्गा उपलब्ध नभएको जानकारी गराएको छ । यसको मतलब अब सेन्टर आफैले जग्गा किन्नुपर्ने भएको छ । सदस्यता संख्या बढाएर त्यसको शुल्कबाट जम्मा भएको पैसाले जग्गा किन्ने वा निजी क्षेत्रबाट लगानी भित्र्याएर आर्थिक सहयोग जुटाउने भन्ने अहिलेको मुख्य प्रश्न बनेको छ ।

त्यसो त सेन्टरले सोचे जस्तो रुपमा सदस्यता विस्तार गर्न सकेको छैन । एनआरएनए कुइन्सल्याण्डका अघिल्लो कार्यकालको पदाधिकारी र क्युएनसिसिका तत्कालिन पदाधिकारीबिचको मनमुटावका कारण त सदस्यता विस्तार गर्ने कार्य थला नै परेको थियो । जसका कारणले दुइ वर्षमा सेन्टरले केवल २० हजार डलर मात्रै संकलन गर्न सफल भएको छ ।  संकलन भएको रकम र जग्गाको भाउ बढ्ने रफ्तारको विश्लेषण गर्दा यहि स्थिती रहने हो भने अबको १० वर्षमा पनि सेन्टरले ब्रिजवेनमा भवनका लागि जग्गा किन्न सक्दैन । क्युएनसिसिका पदाधिकारीले सामुदायिक भवन निर्माण, यसको उपयोगिता र महत्वबारे समुदायमा व्यापक प्रचार प्रसार गर्न नसकेकाले पनि आर्थिक सहयोग जुट्न नसकेको धेरैको बुझाई छ ।  हप्ताको एक दुइ घरमा गएर सेन्टरका पदाधिकारीले भवन निमार्ण बारे धेरथोर सुचना दिएकै भरमा सदस्यता विस्तार हुदैन भन्नेमा अब दुइ मत नहोला । ढिलै भएपनि सेन्टरले समुदायमा छलफल अगाडी बढाउन लागेको छ, जुन सकारात्मक छ । यस छलफललाई साउथ ब्रिजवेनमा मात्रै नभई ब्रिजवेनका सबै इलाका तथा आसपासका क्षेत्रहरु गोलकोष्ट, सनसाइनकोष्ट, टोअम्बा लगायतका क्षेत्रमा पनि यथासक्य पुर्याउनुपर्छ । नेपाली समुदायबाट रकम संकलन गर्ने त छदै छ, राज्य सरकार, काउन्सिल तथा बहुसांस्कृतिक निकायहरुबाट समेत सहयोग जुटाउन अब ढिला गर्न हुन्न । अर्को कुरा छलफल मात्रै नभई ठोस योजना बनाएर समुदायका व्यवसायी, समाजसेवी, पत्रकार, विद्यार्थी, सामाजिक संघसंस्था तथा एनआरएनएलाई पनि एकसाथ यस अभियानमा जोड्नु आजको आवश्यकता हो ।

यो पनि पढ्नुहोस

अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्दै । पशुपति र स्वयम्भूनाथको एकैसाथ दर्शन « Nepal Tube Australia

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ