सञ्चारउद्यमी कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी, यस्तो छ कारण !

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै दिएको जाहेरीमाथीको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको मागदाबी अनुसार नागरिकतासम्बन्धी मुद्दामा पक्राउ गर्न न्यायाधीश चित्रबहादुर गुरुङको २ नम्बर इजलासले अनुमति दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारि दिनुभयो । सञ्चारउद्यमी सिरोहियाको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
तपाईको प्रतिक्रिया