Saturday, 7 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपाँच महिनामै ५ लाख पर्यटक नेपालमा, एक वर्षमा १६ लाख भित्र्याउने सरकारी लक्ष्य

पाँच महिनामै ५ लाख पर्यटक नेपालमा, एक वर्षमा १६ लाख भित्र्याउने सरकारी लक्ष्य


काठमाडौं । नेपालमा सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डको तथ्यांकले देखाएको हो ।

बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय पर्यटक नै रहेका छन् । दोस्रो स्थानका लागि चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिएको छ । मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेको संख्या अधिक रहेको छ । मनसुनका बेला भने आगमन केही कम हुने गर्दछ । मे २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७ सय ३० पर्यटक नेपाल आएका थिए ।

२०२४ मा यो संख्या अझ बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक नेपाल आउनुपर्छ । नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटकका रुपमा गणना गर्दैआएको छ । स्थलमार्गबाट समेत ठूलो संख्याका भारतीय पर्यटक आउनेगरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले समेत यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ