Monday, 24 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकर्मचारी आन्दोलनका कारण प्रतिनिधिसभा बैठक स्थगित

कर्मचारी आन्दोलनका कारण प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । तलब बृद्धि,अतिरिक्त समयको सेवा सुविधा लगायतको माग राखेर संसद् सचिवालयका कर्मचारीहरूले गरेको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कर्मचारीहरूले ५ बजेपछि संसद सञ्चालनमा असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको भएपनि सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि बिवाद बढेको थियो । सभामुखले पेलेर अघि बढ्न खोजेपनि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारणमार्फत नै कर्मचारी आन्दोलन बारेको सांकेतिक बिरोध गरेका थिए । संसदका महासचिवको कार्यालय घेराउ, कालो पट्टी बाँधेर काम गर्ने लगायतका बिरोध प्रदर्शन गर्दै आएका कर्मचारीले विगतको जस्तो आश्वासन नभई लिखित प्रतिबद्धता खोजेका छन् ।

यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिसभा अध्यक्ष नारायण दाहाल, दलका प्रमुख सचेतक लगायतले आन्दोलनरत कर्मचारिसँग वार्ता गरेर मागबारे ऐक्यबद्धता जनाएका थिए । उनीहरुले बजेट र आर्थिक प्रतिबद्धताको विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने बताइएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । कर्मचारि आन्दोलनका कारण सरकारी कार्यालय समयको अतिरिक्त समयमा हुने संसदका गतिबिधि प्रभावित हुने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ