रसुवा बाढीको शोकमा देश, आज आधा झुक्यो झण्डा

आज देशभर राष्ट्रिय शोक मनाइँदैछ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको त्यो विनाशकारी बाढीले धेरै परिवारको खुसी एकैछिनमा खोस्यो।
कसैले आफ्नो बुबा गुमाए, कसैले आमा कसैले दाजुभाइ, कसैले आफ्नै सन्तान। त्यही पीडामा आज सिंगो देश शोकमा छ।
सरकारको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयदेखि विदेशस्थित नेपाली दूतावास र नियोगसम्म राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
तर यो आधा झुकेको झण्डा केवल एउटा औपचारिकता होइन, यो त बाढीमा ज्यान गुमाउनेहरूप्रति सिंगो देशले व्यक्त गरेको श्रद्धाञ्जली हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यस विपद्मा अहिलेसम्म १ हजार ३ सय ४२ जनाले ज्यान गुमाइसकेका छन्।
४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्। ६ हजारभन्दा बढी घाइते भएका छन्। १३ हजारभन्दा बढीको उद्धार भइसकेको छ। तर अझै पनि कतिपय परिवार आफ्ना मान्छे फर्किने आशामा बाटो हेरिरहेका छन्।
उद्धारकर्मीहरू खोजीमै छन्। परिवारहरू आशामै छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






