Sunday, 30 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा बस्ने नेपालीले अब भोट हाल्न पाउने, यसरी तयारीमा जुट्यो निर्वाचन आयोग !

विदेशमा बस्ने नेपालीले अब भोट हाल्न पाउने, यसरी तयारीमा जुट्यो निर्वाचन आयोग !


काठमाडौं । विदेशमा बस्ने नेपालीलाई समेत नेपालको निर्वाचनमा मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ताको प्रक्रियामा निर्वाचन आयोग जुटेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पहिलो चरणमा मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु गर्ने तयारीमा जुटेको जानकारि दिनुभएको हो ।

विदेशमा रहेका नेपालीहरुको मतदाता नामावलीमा नाम दर्ता सम्बन्धी कार्यविधि अहिले स्वीकृतिको चरणमा पुगेको प्रमुख आयुक्त थपलियाले जानकारि गराउनुभएको छ । आयोगको तयारीलाई सार्थक बनाउन सरकार र परराष्ट्र मन्त्रालयको सहयोग आवश्यक रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । विदेशमा रहेका नेपालीलाई अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्ने निष्कर्षसहित निर्वाचन आयोग गृहकार्यमा जुटेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकताको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको दाबी गर्दै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने विषयमा सबै गम्भिर हुनुपर्ने बताउनुभएको छ ।

आयुक्त थपलियाले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने सबालमा पहिलो र दोश्रो प्राथमिकता अनुसार तयारी थालिएको बताउनुभयो । जति प्रयत्न गरे पनि पीआर वा ग्रिनकार्ड पाउन नसक्ने देशलाई मतदाता नामावली संकलनको पहिलो प्राथमिकतामा राखिएकाले मलेसिया र खाडी मुलुकबाट मतदाता नामावली संकलनको थालनी गरिएको छ । पीआर वा ग्रिनकार्ड लिएर उताको सेवा सुविधा, यताको माया भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मताधिकार बारेको पूर्वतयारी गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ