Saturday, 5 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअक्टोबर ६ मा ब्रिजबेनमा दशैतिहार उत्सब र खसी बाजी म्याच, सबै मिलेर रमाऔँ !

अक्टोबर ६ मा ब्रिजबेनमा दशैतिहार उत्सब र खसी बाजी म्याच, सबै मिलेर रमाऔँ !


ब्रिजबेन । नेपाली एशोसियशन अफ क्विन्सल्याण्ड इंक NAQ, क्विन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर QNCC र एनआरएनए NRNA को संयुक्त आयोजनामा ब्रिजबेनको रकलीमा अक्टोबर ६ तारेखमा दशैंतिहार उत्सब र एक्सिलेन्स अवार्ड २०२४ वितरण कार्यक्रम आयोजना हुने भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म दशैं र तिहार खसी म्याच,साँझ ६ बजेदेखि राति १०ः३० बजेसम्म सांस्कृतिक रात्रिसँगै एक्सिलेन्स अवार्ड २०२४ वितरण कार्यक्रम आयोजना हुन लागेको नेपाली एशोसियशन अफ क्विन्सल्याण्ड इंकले जानकारि दिएको हो ।

दिनभरजसो स्थानीय फुटबल, भलिबल र एथलेटिक्स खेलका साथै पुरुष, महिला र बालबालिकाका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु दशैं मेलामा आयोजना हुनेछन् । उक्त समयमा दशैं र तिहार खासी म्याच समेत हुने बताइएको छ । दिनभर खेलकुदका कार्यक्रम सँगै दशै मेलामा रमाउन, साँझमा पाहुना कलाकार र स्थानीय साँस्कृतिक समूहको प्रस्तुतिमा आनन्द लिन सबैलाई आह्वान गरिएको छ ।

निशुल्क प्रवेशको व्यवस्थासहित आयोजना गरिएको दशैंतिहार उत्सब र एक्सिलेन्स अवार्ड २०२४ वितरण कार्यक्रमलाई उत्सबमय बनाउन क्विन्सल्याण्डवासी सबैलाई आह्वान गरिएको छ । दशैतिहारको अवशरमा आयोजना हुने सांस्कृतिक उत्सब र खेलकुदका गतिबिधिमा सहभागि भएर तपाईहरु पनि रमाउनुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ