Wednesday, 29 October 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुन्दर महेन्द्र गुफा, तस्बिरमा हेर्नुस्

सुन्दर महेन्द्र गुफा, तस्बिरमा हेर्नुस्


कास्की । विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने हालको महेन्द्र गुफा पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो ।

तत्कालीन राजा महेन्द्र पोखरा महानगरपालिका–१६, बाटुलेचौर आउँदा स्थानीयले गुफा घुम्न लगेपछि नाफ फेरिएर महेन्द्र गुफा नाम रहेको बताइन्छ ।

गुफाको लम्बाइ एक सय २५ मिटर छ । गुफामा हिन्दू धर्मसंस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ ।

गुफा हेर्नका लागि विद्यार्थीलाई ३० र अन्य आन्तरिक पर्यटकलाई ५० शुल्क कायम गरिएको छ । भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि एक सय ५० शुल्क तिर्नुपर्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ