५० हजार धरौटीमा छुटे खगेन्द्र सुनार
काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा मुद्दा चलेपछि फरार भएका सुनार बिहीबार बिहान आफै काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित हुनुभएको थियोे । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेपछि साइबर ब्यूरोमार्फत मुद्दा अदालत पुगेको थियो ।
पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नाम श्रममन्त्रीमा सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाकाे विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटेको थियो । तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
















तपाईको प्रतिक्रिया