Monday, 3 November 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सपर्ट बन्यो एनपीएलको शैक्षिक परामर्श साझेदार

एक्सपर्ट बन्यो एनपीएलको शैक्षिक परामर्श साझेदार


काठमाडौं । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रालि नेपाल प्रिमियर लिगको शैक्षिक परामर्श साझेदार बनेको छ । नेपाल क्रिकेट संघ ( क्यान) र एकसपोर्ट एजुकेसन बीच नोभेम्बर २ मा सहकार्यको सम्झौता भएको हो ।

एक्सपर्ट एजुकेसनले कलेज प्रिमियर लिग, स्कुल प्रिमियर लिग,प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग, जुनियर राष्ट्रिय खेलकुद च्याम्पियन लिगमा प्रायोजन गरिसकेको छ । एक्सपर्टले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, न्युजिल्यान्ड लगायतका देशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको छ । क्यानका सचिव पारस खड्का विगत ७ वर्षदेखि एक्सपर्ट एजुकेसनको ब्रान्ड एम्बेसडर हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ