घोषित मितिमा चुनाव गराउन सरकार अघि बढ्यो : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताउनुभएको छ । बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले २१ फागुनमा आमनिर्वाचन सम्पन्न गरेर युवा शक्तिको हातमा सत्ता सुम्पिने बताउनुभएको हो ।
घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उहाँले अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्नुभयो । निर्वाचनपछिको सरकारले मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउने विश्वास उहाँको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्दै मुलुकको भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आमजनतालाई रोजगारी, गाँसबास कपासको सुनिश्चितताको अभिभारा पुरा गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताउनुभयो ।
















तपाईको प्रतिक्रिया