Tuesday, 16 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleपुससँगै बढ्न थाल्यो जाडो, यस्तो छ काठमाडौं उपत्यकाको अवस्था 

पुससँगै बढ्न थाल्यो जाडो, यस्तो छ काठमाडौं उपत्यकाको अवस्था 


काठमाडौं । पुस महिना लागेसँगै काठमाडौं उपत्यकासहित देशभर जाडो बढेको छ । तापक्रम घट्दो क्रममा रहदा बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढदै गएको छ ।

काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउने र घर वा कार्यस्थलमा रहनेहरुले आगो ताप्न थालेका छन् ।

विशेष गरी बृद्ध,बालबालिका,  विद्यालय, कलेज र विभिन्न काममा निस्किनुपर्नेहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित  हुन्छन् । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ