Tuesday, 16 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalएमालेको ११ औँ महाधिवेशन : २ बजे मात्रै नेतृत्व छान्ने मतदान

एमालेको ११ औँ महाधिवेशन : २ बजे मात्रै नेतृत्व छान्ने मतदान


काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको मतदान ढिला भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली प्राप्त भएकाले सबै नामावली सेट गर्न १२ घण्टाको समय लाग्ने र ढिलोमा २ बजेभित्र मतदान शुरू हुने जनाएको छ ।

अध्यक्षमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी पर्दा १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा टक्कर हुँदैछ । ३ उपमहासचिवका लागि ७ जना र ९ सचिवका लागि २० जना प्रतिस्पर्धामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ