नेपाली राष्ट्रिय झण्डा दिवस, यसरी मनाइयो नेपालमा
Photo: NPL
काठमाडौं । आज नेपालमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (मंगलबार) राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आठौ राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत निकालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au















तपाईको प्रतिक्रिया