Friday, 26 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleपहिलो पटक नेपाल पर्यटन बोर्डमा ‘ड्रोन फोटो प्रदर्शनी’

पहिलो पटक नेपाल पर्यटन बोर्डमा ‘ड्रोन फोटो प्रदर्शनी’


काठमाडौं । नेपाल पर्यटन बोर्डमा आजबाट ३ दिने ड्रोन फोटो प्रदर्शनी सुरु भएको छ । फोटो पत्रकार नबिन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिएका छन् ।

चराहरूले देख्ने दृष्टिकोणबाट विभिन्न पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएका छन् । नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानहरुको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गरिएको फोटो पत्रकार गुरुङ्ले बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चाकर्मी संघ नेपालले प्रदर्शनीको आयोजना गरेका हुन् । नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पहिलो पटक भएको हो । यसले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रदर्शनी आइतवारसम्म चल्नेछ ।

Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ