एमाले सचिवालय बैठक : समानुपातिक उम्मेदवारको नाम टुंग्याउदै
काठमाडौं । ११ औं महाधिवेशनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीसहितका सचिवालयमा रहेका नेताहरु बैठकमा जुट्नुभएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा समानुपातिकका उम्मेदवारबारे र समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको तयारीलगायतको विषयमा छलफल भएको बताउनुभएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेकाले उम्मेदवारको टुंगो लगाउन आन्तरिक गृहकार्य भइरहेको छ ।

जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीहरूको नाम संकलन गरेर अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पार्नुभएको छ । अध्यक्ष र महासचिवको लिस्टमाथी छलफल भएर निर्वाचन आयोगमा पुग्ने उम्मेदवारको बन्द सूचीका ११० उम्मेदवारको नाम छिनोफानो हुनेछ । Photo-NPL
















तपाईको प्रतिक्रिया