‘नेपाली टोपीः हाम्रो पहिचान’ नारासहित मनाइयो राष्ट्रिय पोसाक र टोपी दिवस
काठमाडौं । आज जनवरी १, सन् २०२६ अर्थात पुस १७ का दिन राष्ट्रिय पोसाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोसाक र टोपी दिवसको आयोजना विभिन्न युवा तथा संस्थाहरूले गरेका छन् ।

काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन्।

नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७० देखि सुरु गरिएको यो दिवस हरेक वर्ष जनवरी १ तारिखमा मनाइँदै आइएको छ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यसको व्यापक प्रचार–प्रसार समेत भइरहेको छ। Photo-NPL
















तपाईको प्रतिक्रिया