Wednesday, 25 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

ठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ


काठमाडौं । ठूलो परिमाणको विदेशी मुद्रासहित ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको छ ।

अमेरिकी डलर साढे १० हजार, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० र फेम हन्ड्रा क्रोनर (स्विडेन) ४३ हजारसहित मंगलबार विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उहाँलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाँदैगर्दा पक्राउ गरिएको थियो ।

खान्द्रोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ