Techie IT
Friday April 16, 2021  |   शुक्रबार, बैशाख ३, २०७८
गृहपृष्ठ » News » ब्लड क्यान्सर पीडित अर्जुनका लागि उठ्यो १ लाख २० हजार डलर

ब्लड क्यान्सर पीडित अर्जुनका लागि उठ्यो १ लाख २० हजार डलर


471 Views

सरल गुरुङ/व्रिजवेन

अष्ट्रेलियाको व्रिजवेनमा बस्ने नेपाली युवक अर्जुन तिमल्सिनाको उपचारको लागि गैर आवासिय नेपाली संघ कुईन्स्ल्याण्डले एक लाख २० हजार डलर बढी रकम संकलन गरेको छ ।
दुई महिनाअघि पोखराका ३० वर्षे युवक तिमल्सिनालाई ब्लड क्यान्सर पुष्टी भएको थियो । लगत्तै एनआरएनए कुईन्सल्याण्डले गो फन्ड मिबाट सहयोग उठाउन थालेको छ ।
हालसम्म गो फन्डमीमा ३१ सय जनाले सहयोग गरिसकेका छन् । गो फन्डमा यो समाचार तयार पार्दासम्म १ लाख १२ हजार डलर संकलन भएको छ । त्यो मध्य १ लाख ७ हजार ४ सय डलर अर्जुनको बैंक खातामा जम्मा गरिसकेको एनआरएनए कुईन्सल्याण्डका कोषाध्यक्ष शम्भु घैंसेले जानकारी दिए ।
रकम पाएको बारे अर्जुनले समेत फेसबुकमा लेखेका छन । त्यस्तै एनआरएनए कुईन्सल्याण्डको खातामा जम्मा भएको ५ हजार डलर पनि अर्जुनको खातामा जम्मा भईसकेको छ । व्रिजवेनको एक्सपर्ट एजुकेशनले अर्जुनको उपचारका लागि एनआरएनए मार्फत ४ हजार डलर दिएको हो । बाकी हजार डलर विभिन्न व्यापारीले उपलब्ध गराएका हुन् ।

सहयाेग रकम प्राप्त भएपछि अर्जुनले लेखेकाे फेसबुक स्टाटसकाे अंश

उनले खर्च अझै बढ्न सक्ने भएकाले सहयोग जारी राख्न सबैलाई अनुरोध गरेका छन् ।
एनआरएन कुईन्सल्याण्डले सहयोग रकम उठाउन अभियान थालेपनि उपचार प्रकृयामा भने अर्जनको परिवारलाई नै अघि सारेको छ ।
‘हामीले सहयोग उठाउन अभियान थाल्यौ र सफल पनि भयौ’- एनआरएनए कुईन्सल्याण्डका संयोजक उमेश खड्काले भने-‘उपचार कहाँ र कसरी गर्ने भन्ने निर्णय गर्ने जिम्मा चाहि हामीले परिवारलाई नै सुम्पिएका छौ ।’
यद्यपी विदेशमा गएर उपचार गर्न परे सहयोग र संयोजन भने गर्ने खड्काले बताए । नेपालट्युबसंग कुरा गर्दै  संयाेजक खड्काले एक नेपालीलाई दुख पर्दा सबै नेपाली मिलेर सहयाेग गर्ने संस्कारकाे प्रशंसा गरे । ‘हामी नेपाली एक अर्काकाे दुख बुझ्छाै’- खड्काले भने-‘ अर्जुनकाे उपचारमा सहयाेग गर्ने सबै हातहरुलाई धन्यवाद’ । उनले एनआरएनए कुईन्सल्याण्डले संचालन गरेकाे याे अभियान निकै सफल भएकाे पनि बताए ।

गाेफन्डमीमा हालसम्म उठेकाे रकम

यसरी सुरु भएको थियो सहयोग अभियान


अर्जुनले सहयोगको याचना गरेलगत्तै अस्पताल पुगेका गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका संयोजक उमेश खड्का, कास्की समाजका टिका भुर्तेल, समाजसेवी स्वतन्त्र प्रताप शाह लगायतले सहयोगबारे योजना बनाएका थिए । उनीहरुकै योजना बमोजिम कुइन्सल्याण्डमा सक्रिय नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा सहयोग संकलन सुरु गरेका हुन् ।
सहयोग संकलन र अर्जुनको उपचारलाई थप प्रभावकारी बनाउन कुइन्सल्याण्डका नेपालीले छुट्टै टाक्स फोर्स र आर्थिक समिति निमार्ण गरेको छ । कुइन्सल्याण्डमा सक्रिय समाजिक संघसंस्था, नागरिक समाज, पत्रकार सम्मेलित भेलाले टाक्सफोर्स निमार्ण गरेको हो ।
टाक्सफोर्समा गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका संयोजक उमेश खड्का, संघका कोषाध्य शम्भु घैंसे, कास्की समाजका चिनबहादुर नेपाली र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्डका अध्यक्ष अमृत पौडेल छन् । त्यस्तै फोर्समा अर्जुनका भाई नविन पौडेल, चार्टर एकाउन्टेन्ट रितम्ब थापा, ब्लड क्यान्सर निको भएका उज्जव पौडेल र समाजसेवी अभिनाश श्रेष्ठ छन् ।
त्यस्तै समाजिक समितिमा समाजिक अभियन्ता कल्पना काफ्ले, माइग्रेसन एजेन्ट बुनु गौतम, एनआरएनए कुइन्सल्याण्डका सचिव प्रविण भण्डारी, संघका महिला संयोजक सुनिता श्रेष्ठ, केशव बानिया, विवेक अर्याल, देवकला श्री र प्रेरणा फेवा छन् । उज्जल पौडेल र अभिनाश समाजिक समितिमा समेत छन् ।
यो टिमले अर्जुनका लागि सहयोग संकलन गर्ने, हिसाव किताव पारदर्शी गर्ने र उपचारलाई थप प्रभावकारी बनाउन महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । टाक्सफोर्स गठन भेलामा सहभागीहरुले अर्जुनलागि उठेको सहयोग रकमको हिसावकिताब पारदर्शी राख्नु महत्वपुर्ण हुने सुझाव दिएका थिए । कार्यक्रममा अर्जुनलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको थियो ।
खरा स्थाई घर भएका अर्जुन अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका छन् । ३० वर्षिय तिमल्सिना श्रीमतिलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् । अचानक क्यान्सर देखिएपछि भर्खरै पढाई सकेर संघर्ष गरिरहेका दम्पत्ति रुनुकी हास्नुको स्थितीमा पुगेका छन् ।
अझ विडम्वना, क्यान्सर देखिएकै हप्ता यो दम्पतिले नवजात शिशुलाइ जन्म दिएका थिए । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडापखालाले सताएको थियो । केही दिनसम्म पनि पखाला निको नभएपछि रगत परिक्षण गर्दा क्यान्सर भएको पुष्टी भएको हो । तिमल्सिनालाई किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको छ । बोन म्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया आईपुगेका छन् । बोन म्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनले बताए ।

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-