Tuesday, 10 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalखुल्यो एन्फा मुख्यालयको ताला, ए डिभिजन लिग चैत ३० बाट सुरु गर्ने सहमति

खुल्यो एन्फा मुख्यालयको ताला, ए डिभिजन लिग चैत ३० बाट सुरु गर्ने सहमति


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएसँगै एन्फा मुख्यालयमा लगाइएको तालाबन्दी खुलेको छ ।

एन्फा र संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको हो । मंगलबार एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारि दिनुभएको छ । ए डिभिजन चैत ३० बाट सुरु गर्नेसँगै खेलाडी संघले राखेका अन्य मागमा पनि सहमति जुटेको शाहले जानकारी दिनुभएको छ ।

यसअघि आइतबार खेलाडी संघले एडिभिजन लिगको समयतालिका निश्चित गर्नुपर्ने लगायतका विभिन्न मागहरू राखेर एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ