Monday, 16 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalअमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

प्रधानसेनापतिसँग भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सेनाका उपप्रमुख जोएल भोवेलले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुभएको छ ।

भेटका कर्ममा नेपाल–अमेरिका सुरक्षा, मानवीय सहयोग र विपद् व्यवस्थापनमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ । भारत र भुटान हुँदै नेपाल आएको अमेरिकी भ्रमण टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र भ्रमण गरेको छ ।

मंगलबार (भोलि) अमेरिकी सेनाका उपप्रमुख भोवेलले थाइल्याण्डतर्फ प्रस्थान गर्ने जनाइएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ