एनआरएनएको निर्णय : नेपालमा लगानी प्रवर्द्धन र कल्याणकारी कार्यक्रम
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न भएको छ।
बैठकले नेपालमा लगानी प्रवर्द्धन, गैरआवासीय नेपालीको कानुनी तथा सम्पत्ति सुरक्षा, वैदेशिक रोजगारमा रहेका नेपालीको कल्याण, दोस्रो पुस्ता र महिला सशक्तिकरण, बौद्धिक योगदान प्रवर्धन, परोपकार कार्यक्रम र संस्थागत सुदृढीकरण लगायतका आगामी योजनाहरू तय गरेको छ।
यसअन्तर्गत एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालन, वैदेशिक रोजगार कल्याणकारी कोष वृद्धि, कानुनी परामर्श केन्द्र स्थापना, विश्वव्यापी महिला सम्मेलन र युवा सहभागिता कार्यक्रम, पेशागत तथा प्राज्ञिक परिषद् गठन, मोबाइल ब्लड बस विस्तार, आर्थिक पारदर्शिता र राजनीतिक तटस्थता सुनिश्चित गर्ने निर्णय पनि गरिएको छ।
















तपाईको प्रतिक्रिया