न्युजिल्यान्डमै साम्बाको घुँडाको शल्यक्रिया !
दिइन सबै सहयोगीलाई धन्यवाद
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साम्बा (सबित्रा भण्डारी) को बुधबार न्युजिल्यान्डको अकल्यान्डमा घुँडाको शल्यक्रिया भएको छ।
साम्बाले सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत शल्यक्रियाको जानकारी दिँदै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको हो । अमेरिका-ईरान टकरावले खाडीमा समस्या रहेकाले कतारस्थित एस्पेटार जाने योजना पूरा नभएको, सल्लाहअनुसार न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले बताउनुभएको छ ।
साम्बाले खर्चिलो उपचार र उपचापछिको थेरापीका लागि खर्च अभाव भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै सहयोगको अपिल गर्नुभएको थियो । गो फण्डमीबाट समेत सहयोग जुटाइएको थियोे ।
















तपाईको प्रतिक्रिया