Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोनासंग जुध्न अष्ट्रेलियाले २० हजार नर्सलाई निशुल्क सघन उपचार तालिम दिदै ।

कोरोनासंग जुध्न अष्ट्रेलियाले २० हजार नर्सलाई निशुल्क सघन उपचार तालिम दिदै ।


मनिला सुवेदी/ब्रिजवेन

ब्रिजवेन कोरोना महामारीसंग जुध्न अष्ट्रेलिया सरकारले आफ्ना अस्पताललाइ अझ मजवुत र ब्यवस्थित बनाउने निर्णय गरेको छ । जसका लागि सरकारले २० हजार रजिष्ट्रर नर्सलाई निशुल्क आईसियु (सघन उपचार कक्ष) तथा भेन्टिलेटर संचालन सम्बन्धी निशुल्क तालिम दिन लागेको हो । हालै नर्सको दर्ता प्रमाणपत्र लिएका र अस्पतालमा काम गरिरहेका ईच्छुक नर्सहरुले तालिमका लागि आवेदन दिन सक्नेछन् ।
कोभिड १९ को उपचार गर्ने अस्पतालमा काम गरिरहेका वा काम गर्न चाहाने नर्सहरुले आइसियु तालिमका लागि आवेदन दिन सक्ने छन् । आवेदनको लिंक समाचारको अन्त्यमा उपलब्ध छ । तालिमका लागि सम्बन्धित अस्पतालको व्यवस्थापक र म्यानेजरबाट स्विकृती समेत लिनपर्नेछ । तालिम भर्ना भएको २८ दिनभित्र पुरा गरिसक्नुपर्नेछ । अनलाईनबाट गरिने तालिमको पहिलो सेसन अप्रिल ९ तारिखबाट सुरु हुदैछ ।
आइसियुका लागि दिइने तालिम हाइ डिपेन्डेन्सी नर्सिङ र क्रिटिकल केयर नर्सिङ गरि दुइ प्रकारका छन् । आवेदकले यी मध्ये एक वा दुबै विषयमा तालिम लिन सक्नेछन् । तालिमा १३ र २० घण्टाको हुनेछन् । तालिमका लागि सरकारले ४.१ मिलियन डलरको बजेट छुट्याएको छ ।
अष्ट्रेलियामा नर्सिङ गरिरहेका थुप्रै नेपालीहरु छन् । यो अवसरमा आइसियुको निशुल्क तालिम लिएमा भविष्यमा पिआरका लागि सहज हुने देखिन्छ । आइसियु, नर्सिङको पनि विशिष्ट विधा भएकाले त्यस कोटामा पिआर लिनेहरुको संख्या कम हुने भएकाले सजिलो हुने भएको हो ।
कोरोना संक्रमित बढ्न थालेसंगै भविष्यमा आइपर्ने सक्ने चुनौतीसंग जुध्न अष्ट्रेलियाले भूतपुर्व नर्सहरुलाई पनि सेवामा फर्कन प्रोत्साहन गर्न तालिमको व्यवस्था गरेको छ । त्यस्तै वर्किङ होलिडे भिषामा रहेका नर्सहरुको भिषा थप्दा अनिवार्य रुपमा कृषी फार्ममा काम गर्नुपर्ने व्यवस्था लचिलो बनाइएको छ । आवेदनको लिंक



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ