Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा ट्रकको ठक्करबाट ४ प्रहरीको मृत्यु

मेलवर्नमा ट्रकको ठक्करबाट ४ प्रहरीको मृत्यु


मेलवर्न
मेलवर्नको इष्ट्रन हाइवेमा ट्रकले ठक्कर दिदा डिउटीमा रहेका चार प्रहरीको ज्यान गएको छ ।

तिव्र गतिमा कुदीरहेको कारलाई रोकेर जाच गर्ने क्रममा पछाडीबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । मृत्यु हुने दुइ प्रहरी जवान र दुइ हवल्दार रहेको भिक्टोरिया प्रहरीले जनाएको छ । घटना बुधबार साझ ४.५० बजेको हो ।

हाइवेमा तिव्र गतिमा कुदिरहेको कार देखेपछि दुइ जना प्रहरी सवार कारले पछ्याएको थियो । कार रोकेर ती प्रहरीले थप सहयोगका लागि अरु दुइ प्रहरीलाई बोलाएको थियो । चार जना प्रहरीले जाच गरिरहेकै बेला ट्रकले ठक्कर दिएको हो । ठक्कर पछि कार चालक भने फरार भएका थिए । इष्ट्रन हाइवेको गति प्रतिघण्टा एक सय किलोमिटर हो । सामान्य घाईते ट्रक चालकको उपचार भइरहेको छ । स्थानिय संचारमाध्यममा प्रसारित तस्बिर अनुसार प्रहरीको कार क्षतविक्षत भएको छ । चार जना कुशल प्रहरी सदस्यको ज्यानै जाने गरि भएको यो दुखद घटनाले हामी मर्माहित भएका छौ प्रहरी संघ भिक्टोरियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

घटनास्थलबाट फारर भएका भनिएका कार चालक प्रहरी सम्पर्कमा आइसकेको बताइएको छ । भिक्टोरिया प्रहरीले जारी गरेको विज्ञप्तीका अनुसार शंकास्पद ती चालकसंग प्रहरीले कुराकानी गरिरहेको छ ।

प्रहरीले दुर्घटना भएको समयमा इष्ट्रन हाइवेमा गाडी चलाइरहेकाहरुसंग ड्यासक्याम फुटेज भए उपलब्ध गराउन अनुरोध गरेको छ ।

Photo-ABC News/ Kyle Harley



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ