Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना सहयोग-भिक्टोरिया राज्यले विदेशी विद्यार्थीलाई दिने भयो ११ सय डलर ।

कोरोना सहयोग-भिक्टोरिया राज्यले विदेशी विद्यार्थीलाई दिने भयो ११ सय डलर ।

अन्तराष्ट्रिय विद्यार्थीलाई आर्थिक सहायता गर्नेमा भिक्टोरिया पहिलो राज्य ।


मेलवर्न
कोरोनाबाट प्रभावित बनेका आफ्ना अन्तराष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यले आर्थिक प्याकेज दिने भएको छ । अन्तराष्ट्रिय विद्यार्थीलाई आर्थिक सहायता गर्नेमा भिक्टोरिया नै अष्ट्रेलियाको पहिलो राज्य बनेको छ ।
अन्तराष्ट्रिय विद्यार्थीका लागि भनेर भिक्टोरिया सरकारले ४५ मिलियन डलरको आपत्तकालिन राहत कोष निमार्ण गर्ने भएको हो । त्यहि कोषबाट आपत्तमा परेका विदेशी विद्यँर्थीलाई एक पटकका लागि ११ सय डलरसम्मको आर्थिक सहायता गर्ने भिक्टोरिया सरकारले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ अन्तराष्ट्रिय विद्यार्थीहरु हाम्रो शैक्षिक क्षेत्र, अर्थतन्त्र र समुदायको महत्वपुर्ण हिस्सा हुन् । उनीहरुले भिक्टोरियालाई धेरै कुरा दिएका छन् । केवल शैक्षिक शुल्क मात्र होइन, अन्तराष्ट्रिय विद्यार्थीले विभिन्न क्षेत्रमा काम गरेर अर्थतन्त्रलाई चलाएमान बनाएका छन्, त्यस्तै हाम्रो समुदायलाई समावेशी र जिवन्त समेत बनाएका छन् ।


कोराना माहामारीका कारण भिक्टोरियामा थुप्रै अन्तराष्ट्रिय विद्यार्थीले जागिर गुमाएका छन् ।
भिक्टोरियामा हाल ४० हजार अन्तराष्ट्रिय विद्यार्थीहरु अध्ययनरत छन् । तर, भिक्टोरियमा बसोबास गर्ने डेढ लाख अन्तराष्ट्रिय विद्यार्थीले यो सहायता कोषबाट फाइदा लिन सक्नेछन् । भिक्टोरियामा मात्रै अन्तराष्ट्रिय विद्यार्थीले वार्षिक १२.६ बिलियन डलरको योगदान गर्दै आएका छन् । त्यस्तै ७९ हजार जागिरमा समेत योगदान दिदै आएको विज्ञप्तीमा भनिएको छ ।
यसअघि भिक्टोरिया सरकारले नै वर्किङ फर भिक्टोरिया मार्फत काम गुमाएका अन्तराष्ट्रिय विद्यार्थी लगायत भिषावहाकलाई अन्य काममा फर्कन पाउने स्किम ल्याएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ