Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया र न्युजिल्याण्डबिच हवाई सेवा सुचारु हुने संकेत, केही बेरमा मन्त्रिपरिषद बैठक ।

अष्ट्रेलिया र न्युजिल्याण्डबिच हवाई सेवा सुचारु हुने संकेत, केही बेरमा मन्त्रिपरिषद बैठक ।

न्युजिलयाण्डकाे प्रधानमन्त्री पहिलाे पटक अष्ट्रेलियाकाे मन्त्रिपरिषद बैठकमा


ब्रेकिङन्युज

अष्ट्रेलिया र न्युजिल्याण्डबिच हवाई सेवा सुचार गर्ने तयारी भएको छ । केही बेरमा बस्ने राष्ट्रिय मन्त्रिपरिषद बैठकमा यसबारे छलफल हुदैछ । यसै विषयमा छलफल गर्न ईतिहासमै पहिलो पटक न्युजिल्याण्डको प्रधानमन्त्री अष्ट्रेलियाको मन्त्रिपरिषद बैठकमा सहभागी हुदैछन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेन अनलाईन भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकमा सहभागी हुन लाग्नु भएको हो ।
दुबै देशले कोरोना नियन्त्रणमा धेरै हदसम्म सफलता हासिल गरेकाले एक आपसमा हवाई उडान सुचारु गर्न लागिएको हो । आगामी महिनाबाट यी देशबिच हवाई उडान सुरु हुने संकेत देखिएको हो । न्युजिल्याण्डमा अष्ट्रेलियामा भन्दा कडा लक डाउन गरिएको छ ।
थप विवरणका लागि नेपालट्युब लग ईन गर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ