Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्युजिल्याण्डसंग तत्काल सिमा खोल्ने विषय टर्याे ।

न्युजिल्याण्डसंग तत्काल सिमा खोल्ने विषय टर्याे ।

राज्यबिचको यात्रा खुकुलाे पार्न प्राथमकिता


क्यानवेरा,अष्ट्रेलियाको राष्ट्रिय मन्त्रिपरिषद र न्युजिल्याण्डकी प्रधानमन्त्रीबिचको बैठकले दुइ देश बिच तत्काल सिमाना खोल्ने विषय केही पछि सार्ने निर्णय गरेको छ ।

दुबै देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । बैठकपछिको नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले तत्काल न्युजिल्याण्डसंग सिमाना खोल्नु अघि राज्यबिचको यात्रालाई सहज र खुकुलो बनाउने विषय प्राथमिकतामा परेको बताउनुभयो । बैठकमा दुबैतिर सुरक्षित हुने बित्तिकै हवाई सेवा पुनः सुचारु गरिने सहमति भएको छ। कोरोनाले थलिएको दुबै देशको अर्थतन्त्र उकास्न सिमा खुल्ला गर्न जरुरी भएको हो । दुई देशबिचको सुरक्षित यात्राका लागि केही हप्तादेखि छलफल जारी रहेपनि तत्काल सिमा खोल्ने विषय भने केही समय टाढा रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ । तर, कोरोनापछि सुरक्षित रुपमा सिमा खुल्ला गरिने देशमा सबैभन्दा पहिला न्युजिल्याण्ड पर्ने पनि मोरिसनका भनाई छ ।

बैठकपछि दुई देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ – सुरक्षित हुने बित्तिकै दुई देशबिचको सिमाना खुल्ला गरिनेछ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा कोरोनाको कहर साम्य हुदै गईरहेको बेला यी दुई देशबिच सिमाना पुन खोल्ने विषयमा छलफल तिब्र हुन थालेको हो । यसै विषयमा छलफल गर्न ईतिहासमै पहिलो पटक न्युजिल्याण्डको प्रधानमन्त्री अष्ट्रेलियाको मन्त्रिपरिषद बैठकमा सहभागी भएको हो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेन अनलाईन भिडियो कन्फ्रेन्समार्फत राष्ट्रिय मन्त्रिपरिषद बैठकमा सहभागी हुनु भएको हो । न्युजिल्याण्डमा अष्ट्रेलियामा भन्दा कडा लक डाउन प्रतिबन्ध लागु गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ